रास्वपाको प्रदेश महाधिवेशन आजबाट सुरु हुँदै

हिमाल प्रेस २६ जेठ २०८३ ६:५१ | Tuesday, June 9, 2026
24
SHARES
रास्वपाको प्रदेश महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन मंगलबार (आज) बाट सुरू हुँदैछ। आज बागमती प्रदेश अधिवेशन हेटौंडामा हुँदैछ। बागमती प्रदेश अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने प्रदेश सभापति अच्युतम लामिछानेले जानकारी दिए।

लामिछानेका अनुसार प्रदेश अधिवेशनमा एक हजारभन्दा बढी नै प्रतिनिधि सहभागी हुनेछन्। एक नेताले जानकारी दिएअनुसार प्रदेशको आगामी नेतृत्वका लागि उत्सव अर्यालले पनि आकांक्षा राखेका छन्। उनी हाल प्रदेश प्रवक्ता छन्। मकवानपुरवासी नै उनलाई महामन्त्री बनाएर सर्वसम्मत गर्ने प्रयास पनि भइरहेको नेताहरूले बताएका छन्।

प्रकाशित: २६ जेठ २०८३ ६:५१ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast