काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (शनिबार) चितवनको भरतपुरमा बस्दै छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा भरतपुरस्थित होटल सिमटीको बैठक हलमा दिउँसो १ः०० बजेका लागि बैठक बोलाइएको हो । चितवनको भरतपुरमै असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि यो बैठक बस्न लागेको हो ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार यस बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ । बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने कार्यसूची तय गरेको छ ।
प्रकाशित: ६ असार २०८३ ६:२८ | Saturday, June 20, 2026
प्रतिक्रिया




