दुर्घटनामा तीनजनाको मृत्यु, पाँचजना घाइते

हिमाल प्रेस १८ जेठ २०८३ १७:४५ | Monday, June 1, 2026
8
SHARES
दुर्घटनामा तीनजनाको मृत्यु, पाँचजना घाइते

काठमाडौँ– दैलेखमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा जिपचालक कालिकोटको शुभकालिका गाउँपालिका-५ का करिब ३६ वर्षीय कलबहादुर रोकाय, सोही गाउँपालिका-४ का करिब ३९ वर्षीय मित्र सुनार र ६० वर्षीया पुल्तिसरा विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकायले बताए।

उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएकामध्ये कालिकोट शुभकालिका-६ का करिब २७ वर्षीय सुमत विक र सोही वडा-४ का करिब ४५ वर्षीय नैन सुनारलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला अस्पताल दैलेखमै उपचाररत घाइतेहरूमा शुभकालिका-४ का ३८ वर्षीय चक्र सुनार, ६ का करिब २० वर्षीय भरत विक र ५ का करिब २५/२६ वर्षीय कलम सुनार रहेका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुर्खेतबाट ८ जना यात्रु बोकेर गुडेको सु.प. ०१००१ च ४९६४ नम्बरको जिप सोमबार बिहान दिउँसो १ बजे दैलेख जिल्ला भैरवी गाउँपालिका–७ कालगौडास्थित भित्री सडकखण्डमा दुर्घटना भएको थियो। जिप कालीकोटको शुभकालिका-६ हाउडी जाँदै गरेको प्रहरीले जनाएको छ। मृतक र सबै घाइते शुभकालिकाका बासिन्दा हुन्।

प्रकाशित: १८ जेठ २०८३ १७:४५ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast