‘प्रधानमन्त्रीले सत्ता टिकाउन सीमा विवादमा बेलायतको प्रसंग उठाउनुभयो’

हिमाल प्रेस २९ जेठ २०८३ १६:२३ | Friday, June 12, 2026
8
SHARES
‘प्रधानमन्त्रीले सत्ता टिकाउन सीमा विवादमा बेलायतको प्रसंग उठाउनुभयो’

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले सत्ता टिकाउनको लागि प्रधानमन्त्रीले सीमा विवाद समाधानका लागि बेलायतको संलग्नताको प्रसंग उठाएको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौँमा एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले वर्तमान नेतृत्वप्रति भारत असन्तुष्ट देखिएकाले सत्ता टिकाउनको लागि प्रधानमन्त्रीले सीमा विवाद मिलाउन बेलायतको संलग्नताको प्रसंग उठाएको टिप्पणी गरेका हुन्।

उनले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणका क्रममा भएको स्वागतको राजनीतिक अर्थ ठूलो रहेको बताए। अहिलेको विद्यमान नेतृत्वसित भारत सन्तुष्ट नरहेको र अरू कसैलाई नेतृत्व स्थापना गर्न मद्त गर्न चाहेको जस्तो देखिएको उनको भनाइ छ।

उपाध्यक्ष थापाले भदौ २३ र २४ गते भएको घटना कुनै क्रान्ति नभई प्रतिगमन भएको धारणा राखे। अहिलेको सरकार स्थापित भएदेखि नै स्वैच्छाचारिता र अधिनायकवाद लागू गर्न खोजेको उनको भनाइ छ। उपाध्यक्ष थापाले जनतामा भ्रम छेरेर रास्वपाले विजय प्राप्त गरेको भन्दै उक्त भ्रम धेरै दिन नटिक्ने उल्लेख गरे।

उनले पार्टीभित्रका कमीकमजोरीहरुलाई सच्चाएर आगामी दिनमा विजय हासिल गर्ने योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: २९ जेठ २०८३ १६:२३ | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast