तरुण दलले माग्यो प्रधानमन्त्रीको राजीनामा

हिमाल प्रेस १८ जेठ २०८३ १६:५६ | Monday, June 1, 2026
16
SHARES
तरुण दलले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल तरुण दलले काठमाडौँमा प्रदर्शन गरेको छ।

नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति राष्ट्रघाति भएको भन्दै तरुण दलले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो।

सीमाका बारेमा प्रधानमन्त्रीको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएको तरुण दलले जनाएको छ। प्रदर्शनमा सहभागीहरुले ‘कार्यकारी प्रमुख हो कि देशकै बोझ, प्रधानमन्त्रीज्यू चुच्चे नक्सा नबिर्सनु है, वीर पुर्खाको अपमान सहँदैन नेपाल, देशको सीमा र स्वाभिमान हाम्रो प्राण’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

तरुण दलका अध्यक्ष मनिष कोइरालाले सीमाका बारेमा प्रधानमन्त्रीले गैरजिम्मेवारी ढंगले अभिव्यक्ति दिएको भन्दै तत्काल सदनमार्फत माफी माग्दै राजीनामा दिनुपर्ने बताए। उनले यस विषयमा प्रधानमन्त्री र रास्वपाले स्पष्ट पार्नुपर्ने माग गरे।

प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्दै अभिव्यक्ति दिएपछि चौतर्फी विरोध र आलोचना भइरहेको छ।

प्रकाशित: १८ जेठ २०८३ १६:५६ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast