टी–२० महिला राष्ट्रिय क्रिकेट : लुम्बिनी, सुदूर र गण्डकीको विजयी शुरुवात

हिमाल प्रेस २२ जेठ २०८३ २०:५३ | Friday, June 5, 2026
22
SHARES
टी–२० महिला राष्ट्रिय क्रिकेट : लुम्बिनी, सुदूर र गण्डकीको विजयी शुरुवात

सुर्खेत – १९ वर्षमुनीको टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी शुरुवात गरेका छन्।

शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको प्रतियोगिता अन्तर्गत कालुङचोक मैदानमा भएको पहिलो खेलमा पाहुना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई ५४ रनले हराउँदै सुखद शुरुवात गरेको छ।

वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि ८९ रनको जीतसहित प्रतियोगिताको शुरुवात गरेको हो। टस जितेर ब्याटिङका लागि निम्तो पाएको लुम्बिनीले कर्णालीविरुद्ध पूरै ओभर खेल्दा चार विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो।

लुम्बिनीका लागि सोविका शाहीले सर्वाधिक १९ रन बनाउँदा रिसाना विश्वकर्माले १७ र उमा चौधरीले १६ रनको योगदान दिए। कर्णालीका लागि सुप्रिया बुढाले ३ विकेट हातपार्दा आशना चौधरी र आयुषा बरालले समान दुई–दुई विकेट लिए।

सुदूरपश्चिमले सावित्री धामीको आक्रामक ४१ र रश्मी सुनारको ३५ रनको योगदानमा पहिलो खेलमै जीत निकाल्यो। सुदूरलाई बलियो शुरुवात दिलाउने क्रममा ओपनर धामीले ३५ बलमा ४१ र सुनारले ३० बलमा ३५ रन जोड्दा जयन्ती भण्डारीको २० रन सुदूरको जीतका लागि महत्वपूर्ण आधार बन्यो।

१५१ रनको लक्ष्य पछ्याएको कोशी सुदूरपश्चिमका बलरसामु निरीह बने। कोशीका कुनैपनि ब्याटरले दोहारो अंक छुन सकेनन्। सुदूरका लागि अञ्जु पार्कीले ४ विकेट लिँदा आशिका कुमारी महरा र मनिषा चौधरीले दुई–दुई विकेट लिए।

प्रतियोगिताअन्तर्गतको तेश्रो खेलमा गण्डकीले बागमतीमाथि सात विकेटको फराकिलो जीत आत्मसात ग¥यो। टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीका लागि अएली यादवले नट आउट ३२ रनको योगदान दिँदा ओपनर सेविकाकुमारी यादवले १८, पूजा साँवद र सम्भाव्या ढकालले समान १२–१२ रन जोडे।

गण्डकीतर्फबाट कुसुम गोदार, नीरु जीटी, रञ्जना साउँदले समान दुई–दुई विकेट लिए।

९६ रन पछ्याउन क्रिजमा उत्रिएको गण्डकीका लागि चन्द्रमाया बरालले ४१ बलमा ३८ तथा श्रेया शाहले जोडेको २२ रनको योगफलनै जीतका लागि पर्याप्त भयो।

प्रकाशित: २२ जेठ २०८३ २०:५३ | Friday, June 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast