दिनेश डीसीको मुख्य भूमिका रहेको ‘स्त्री’ मंसिर ११ मा आउने

हिमाल प्रेस २० जेठ २०८३ १३:५२ | Wednesday, June 3, 2026
4
SHARES
दिनेश डीसीको मुख्य भूमिका रहेको ‘स्त्री’ मंसिर ११ मा आउने

काठमाडौँ- फिल्म ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति तय गरिएको छ। निर्माणपक्षले आज एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो।

यो फिल्म आगामी मंसिर ११ गते रिलिज हुनेछ। समीर राईको निर्माणमा तयार भएको फिल्मलाई जीवन शाहीले निर्देशन गरेका हुन्। टौवा क्रिएसनले तयार पारेको फिल्मको पोस्टरमा चलचित्रका अधिकांश कलाकारको फरकफरक अवतार देख्न सकिन्छ। फिल्ममा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसीको मुख्य भूमिका छ। पोस्टरमा कलाकारको आआफ्नै खालको मुड देख्न सकिन्छ।

फिल्ममा सुरविर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाँई, कल्पना श्रेष्ठ, समीर लामा लगायतको अभिनय छ।

रामशरण उप्रेतीको डीओपी रहेको फिल्ममा बन्दे प्रसादको सम्पादन छ।

 

प्रकाशित: २० जेठ २०८३ १३:५२ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast