रास्वपा केन्द्रीय समितिको बैठक सुरु

हिमाल प्रेस ६ असार २०८३ १६:०२ | Saturday, June 20, 2026
10
SHARES
रास्वपा केन्द्रीय समितिको बैठक सुरु

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को औपचारिक बैठक सुरु भएको छ।

महाधिवेशनमा लैजाने ‘एजेन्डा’ पारित गर्न अन्तिम बैठक भरतपुरको दियालो फुडल्याण्डमा सुरु भएको हो।

बैठकले आइतबारदेखि यहाँ हुने महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली पारित गर्ने प्रवक्ता मनिष झाले बताए।

उनका अनुसार बैठकले विधान संशोधन प्रस्ताव पारित गर्ने छ। उनले भने, ‘यो अन्तिम औपचारिक बैठक हो, भैपरी आएमा अनौपचारिक बैठक बस्न सक्छ।’

यसअघि नै सचिवालयले केन्द्रीय समितिका लागि पठाएका एजेन्डाहरूमाथि छलफल गरेर पारित हुने उनले बताए। ती एजेन्डा महाधिवेशनमा लगिने छ। त्यहाँ अनुमोदनपछि कार्यान्वयन हुने उनको भनाइ छ।

विधान संशोधन गरेर केन्द्रीय समितिको संख्या बढाउन लागिएको छ भने महिला सहभागितालाई पनि बढाइँदै छ।

बैठक सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको हो। यसअघि दिउँसो १ः०० बजे बस्ने भनिएको बैठक केही ढिलो र ठाउँ परिवर्तन गरी सुरु भएको हो। महाधिवेशनका लागि केन्द्रीय समितिसँगै नेता र प्रतिनिधिहरू चितवन आउने क्रम सुरु भएको छ।

प्रकाशित: ६ असार २०८३ १६:०२ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast