राष्ट्रिय महाधिवेशनमा होमियो रास्वपा

हिमाल प्रेस २३ जेठ २०८३ १६:३६ | Saturday, June 6, 2026
6
SHARES
राष्ट्रिय महाधिवेशनमा होमियो रास्वपा

काठमाडौँ- राष्ट्रिय महाधिवेशनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शनिबारबाट देशभर सुरु भएको छ।

पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार शनिबार ३७ जिल्लामा अधिवेशन भएको छ भने आइतबार थप २९ जिल्लामा अधिवेशन हुने रास्वपाले जनाएको छ।

त्यस्तै बारा जिल्ला अधिवेशन भने जेठ २६ गते हुने बताइएको छ। यसैक्रममा काठमाडौँ जिल्लाको अधिवेशन उद्घाटनका क्रममा महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने जानकारी दिए।

बाँकी जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुने उनले बताए। महामन्त्री बुर्लाकोटीले पछिल्लो समय पार्टीको नयाँ सदस्यता संख्या निकै बृद्धि भएको जानकारी दिए। उनले पार्टीभित्र नातावाद, कृपावाद र परिवारवाद स्वीकार्य नहुने विधानमा नै स्पष्ट रहेकाले अधिवेशनको दिन झुक्काएर र भ्रममा पारेर संगठनलाई अलपत्र पार्न नपाइने बताए।

बुर्लाकोटीले देशको भविष्यका लागि आफूहरु राजनीतिमा जोडिएकाले भविष्यका लागि पद खोज्दै हिँड्ने जानेलाई पार्टीभित्र कुनै ठाँउ नरहेको उल्लेख गरे।

पार्टीको बिभिन्न तहमा पदाधिकारी रहेर सोही तहमा पुनः निर्वाचनमा सहभागी नहुनेहरुलाई एक तहमाथिको अधिवेशनमा सहभागी हुन पाउने गरी खुला गरिएको उनले जानकारी दिए। साथै उनले भारतमा पार्टीसभापतिलाई गरिएको सम्मान नागरिकको जनमतको कदर भएको धारणा राखे।

जेठ २६ गतेदेखि सात प्रदेशको अधिवेशनको तयारी भइरहेको रास्वपाले जनाएको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने यसअघि नै निर्णय भइसकेको छ।

प्रकाशित: २३ जेठ २०८३ १६:३६ | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast