उच्च अदालत पाटनका उपरजिस्ट्रारको निधन, शोकमा मुद्दा सुनुवाइ स्थगित

हिमाल प्रेस १६ असार २०८३ ११:५६ | Tuesday, June 30, 2026
14
SHARES
उच्च अदालत पाटनका उपरजिस्ट्रारको निधन, शोकमा मुद्दा सुनुवाइ स्थगित

काठमाडौँ- उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ। पराजुलीको निधनको शोकमा अदालतले आजका लागि तय भएका सम्पूर्ण मुद्दाहरूको सुनुवाइ स्थगित गरेको छ।

अदालतले एकसूचना जारी गर्दै उपरजिस्ट्रार पराजुलीको निधनले अदालत परिवार शोकमा डुबेकाले आजका सम्पूर्ण इजलासहरूबाट हुने मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको जनाएको छ। अदालतले स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई सुनुवाइ स्थगित भएको जानकारी गराएको छ ।

प्रकाशित: १६ असार २०८३ ११:५६ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast