निराजन बमले छाडे राप्रपा

हिमाल प्रेस २० जेठ २०८३ १०:५९ | Wednesday, June 3, 2026
44
SHARES
निराजन बमले छाडे राप्रपा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता तथा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमले पार्टी परित्यागको घोषणा गरेका छन्। २०६५ साल श्रावण १० गतेदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका बमले पार्टीको केन्द्रीय सदस्य, युवा संगठनको सदस्य सचिव लगायतका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिँदै साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका हुन्।

पार्टी परित्याग गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा बमले उल्लेख गरेका छन्, ‘वर्तमान राष्ट्रिय परिस्थितिलाई आत्मसात गर्दै व्यक्तिगत निर्णयअनुसार मैले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु।’ नयाँ राजनीतिक यात्राको सुरुवात पार्टीबाट अलग भए पनि आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहने उनले स्पष्ट पारेका हुन्। ‘नेपाली राजनीतिक आन्दोलनलाई साँच्चै अर्थमा राष्ट्रहित, सुशासन, समृद्धि तथा जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोड्न फरक ढंगको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने आवश्यकता महसुस गरेको छु,’ विज्ञप्तिमा भनिएको छ।

साथै, उनले राजसंस्था, सनातन हिन्दु राष्ट्र र संघीयता खारेजीजस्ता राष्ट्रिय मुद्दाहरूमा आफ्नो अडान यथावत रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: २० जेठ २०८३ १०:५९ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast