काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईले पार्टी छाडेका छन्। निनाचन्द्रले आफूसहित १०० भन्दा बढीले पार्टी छाडेको दाबीसमेत गरेका छन्।
स्वतन्त्र रूपमै मेयर लड्ने अभियानमा रहेका निनाचन्द्रले आफूलाई साम्पाङले धोका दिएको भन्दै पार्टी परित्याग गरेको बताएका छन्। निनाचन्द्र हर्कलाई स्वतन्त्रमा मेयर जिताउन सक्रियतापूर्वक साथ दिने व्यक्ति हुन् । धरानको मेयरमा आश्वासन दिएर हर्कले गत वैशाखमा उनलाई पार्टी प्रवेश गराएका थिए।
तर हर्कले केही दिनअघि मात्रै पार्टीका तर्फबाट धरानको भाबी मेयरको उम्मेदवारमा ७९ को चुनावमा एमालेबाट वडाध्यक्ष जितेका धनबहादुर राईको नाम घोषणा गरेका छन्। साम्पाङको उक्त घोषणापछि निनाचन्द्रले पार्टी परित्याग गरेका हुन् ।
प्रकाशित: २० जेठ २०८३ १३:१० | Wednesday, June 3, 2026
प्रतिक्रिया




