काठमाडौँ- संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) काठमाडौँ जिल्ला समन्वय समितिको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ।
कृष्णप्रसाद गौतमको अध्यक्षतामा भएको अधिवेशनमा ईस्टू राष्ट्रिय समितिका अध्यक्ष होमकुमार थापाको प्रमुख आतिथ्यता तथा प्रमुख संरक्षक मुकुन्द गौतमको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा राष्ट्रिय समिति, जिल्ला समिति तथा विभिन्न विद्यालयका शिक्षक शिक्षिकाको उल्लेखनीय सहभागिता रहेको थियो।
ईस्टू राष्ट्रिय समितिकी वरिष्ठ उपाध्यक्ष सरिता निरौला र उपाध्यक्ष इन्दिरा धमलालाई संस्थामा लामो समयदेखि आबद्ध रही पुर्याएको योगदानको कदर गर्दै काठमाडौँ जिल्लाको तर्फबाट सम्मान गरिएको थियो।
संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण पौडेललाई स्थापना कालदेखि निरन्तर संस्थामा आबद्ध भई विशेष योगदान पुर्याएको भन्दै सम्मान प्रदान गरिएको थियो।
निर्वाचन प्रक्रियामा निर्वाचन मण्डलको भूमिकामा रही सहयोग पुर्याउने ईस्टू राष्ट्रिय समितिकी अर्थ उपमहासचिव कुस्मिता तिवारी, राष्ट्रिय समिति सदस्य सुरेश भट्ट तथा लिलाबहादुर जी.सी.लाई पनि विशेष धन्यवाद ज्ञापन गरिएको थियो।
अधिवेशनले आगामी कार्यकालका लागि ९ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ। नवगठित समितिको अध्यक्षमा कृष्णप्रसाद गौतम, वरिष्ठ उपाध्यक्षमा रामनरेश रोय, उपाध्यक्षमा नेत्रमणि रेग्मी, महिला उपाध्यक्षमा स्वर्णलता गुरुङ, सचिवमा सरोज श्रेष्ठ, कोषाध्यक्षमा सुजना अर्याल कोइराला तथा सदस्यहरूमा किशोरमणि आचार्य, लक्ष्मी देउला र लक्ष्मी घिमिरे क्षेत्री निर्वाचित भएका छन्।
अधिवेशनले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ।
कार्यक्रमका आयोजकले उपस्थित सम्पूर्ण अतिथि, प्रतिनिधि तथा शिक्षक शिक्षिकाप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन्।




