काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार गोलभेँडा, आलु, प्याजदेखि विभिन्न सागसब्जी र फलफूलसम्मका मूल्य तोकिएका छन्।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, लोकल सानो गोलभेँडा रु १२ र टनेल सानो गोलभेँडा रु २२ निर्धारण गरिएको छ।
त्यसैगरी आलु रातो रु ३० देखि ३८ सम्म र सेतो आलु रु ३० कायम गरिएको छ।
तरकारीतर्फ काउली स्थानीय रु १३०, गाजर रु १००, बन्दा रु ६०, प्याज सुकेको (भारतीय) रु ४९ तथा विभिन्न सागसब्जी र फलफूलका मूल्य पनि निर्धारण गरिएको समितिले जनाएको छ।
प्रकाशित: १० असार २०८३ ८:०६ | Wednesday, June 24, 2026
प्रतिक्रिया




