नेपाली ठूलो गोलभेँडा ६०, आलु ३०-३८ रुपैयाँ प्रतिकिलो

हिमाल प्रेस १२ असार २०८३ ८:५१ | Friday, June 26, 2026
8
SHARES
नेपाली ठूलो गोलभेँडा ६०, आलु ३०-३८ रुपैयाँ प्रतिकिलो

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारीको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ६० रुपैयाँ, सानो स्थानीय गोलभेँडा १० रुपैयाँ तथा टनेल गोलभेँडा २० रुपैयाँ कायम भएको छ।

रातो आलु (लाम्चो) प्रतिकिलो ३८ रुपैयाँ, रातो आलु (गोलो र मुढे) ३५ रुपैयाँ, भारतीय रातो आलु तथा सेतो आलु ३० रुपैयाँ तोकिएको छ। भारतीय सुकेको प्याज प्रतिकिलो ५२ रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, गाजर १०० रुपैयाँ, स्थानीय बन्दा ६० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ र डल्लो भन्टा ३० रुपैयाँ कायम गरिएको छ।

बोडी ३५ रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोसा २०० रुपैयाँ, घिउ सिमी ५०-८० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तीते करेला ४० रुपैयाँ, लौका ४० रुपैयाँ, परवर ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, झिगुनी ५० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी ३५-५० रुपैयाँ, भिन्डी ३० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र इस्कुस ४० रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, च्याउ (कन्य) प्रतिकिलो २८० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ १ हजार रुपैयाँ, कुरिलो ३०० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ, गान्टेमूला ६० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १६० रुपैयाँ, तोफु १६० रुपैयाँ तथा गुन्द्रुक ३५० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।

प्रकाशित: १२ असार २०८३ ८:५१ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast