काठमाडौँ– राष्ट्रियसभाको सोमबारको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ।
राष्ट्रियसभाको पहिलो बैठकमा आकस्मिक समय लिएर बोल्ने सांसदहरुले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति विमति जनाउँदै बैठक सञ्चालनमा व्यवधान गरेका थिए।
त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गरे।
दोस्रो बैठकमा पनि सांसदहरुले निरन्तर विरोध गरेपछि अध्यक्ष दाहालले मंगलबार (जेठ १९ गते) १ः१५ बजेसम्मका लागि बैठक स्थगन भएको घोषणा गरे।
प्रकाशित: १८ जेठ २०८३ १६:०५ | Monday, June 1, 2026
प्रतिक्रिया




