विपक्षीको अवरोधले राष्ट्रियसभा बैठक स्थगित

हिमाल प्रेस १९ जेठ २०८३ १४:०० | Tuesday, June 2, 2026
10
SHARES
विपक्षीको अवरोधले राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ- विपक्षी दलका सांसदहरूले लगातार अवरोध गरेपछि आज पनि राष्ट्रियसभा बैठक स्थगित गरिएको छ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भोलि १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन्। केहीदिनअघि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले प्रतिनिधिसभा बैठकमा नेपालको भूमिसम्बन्धी विवादास्पद अभिव्यक्तिलाई लिएर दुवै सदनका बैठक अवरुद्ध भइरहेका छन्।

प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्ति सच्चिनु पर्ने वा माफी माग्नुपर्ने अडानमा विपक्षी दलहरू छन्। यही विवादले प्रतिनिधिसभा बैठक पनि अवरुद्ध हुँदै आएको छ।

प्रकाशित: १९ जेठ २०८३ १४:०० | Tuesday, June 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast