काठमाडौँ- राजबहादुर सानेको निर्देशन रहेको फिल्म ‘लज्जावती’ आगामी साउन २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्म इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मको छायांकन ४५ दिनमा सकिएको छ ।
आहा फिल्मस्को ब्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् । दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन छ ।
फिल्ममा मुकुन भुषाल, श्री कृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतम, रामहरि खड्का, बिनोद श्रेष्ठ, दीपक थापा, काजल भुजेल लगायतका कलाकारको अभिनय छ ।
तारा थापा ‘किम्भे’को सम्पादन रहने फिल्मको द्वन्द्व देव महर्जनले दिएका छन् । फिल्म कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दै छ ।




