पहिरोले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

हिमाल प्रेस १६ असार २०८३ १०:५४ | Tuesday, June 30, 2026
4
SHARES
पहिरोले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

दार्चुला- दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ। गए राति परेको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन रोकिएका छन्।

प्रहरीले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

 

प्रकाशित: १६ असार २०८३ १०:५४ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast