काठमाडौँ- भारतीय क्रिकेट टोलीले टेस्ट म्याचमा अफगानिस्तानलाई एक इनिङ र तीन सय रनले पराजित गरेको छ।
भारतको पञ्जाब राज्यस्थित न्यु चण्डीगढमा खेलिएको टेस्टमा भारतले यो अन्तरबाट अफगानिस्तानलाई पराजित गरेको हो।
पहिलो इनिङमा ब्याटिङ गरेको भारतले ८ विकेटमा ५६४ रन बनाएर इनिङ घोषित गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तान पहिलो इनिङमा जम्मा १५२ रनमात्रै बनाउन सक्यो। फलोअन पाएको उसले दोस्रो इनिङमा ११२ रनमै समेटियो।
यो टेस्ट क्रिकेटमा भारतीय टोलीको अहिलेसम्मके सबैभन्दा ठूलो जित हो।
यसअघि भारतको सबैभन्दा ठूलो जित एक इनिङ र २७२ रनको अन्तरले भएको थियो। यो जित भारतले सन् २०१८ मा वेस्टइन्डिजविरूद्ध राजकोटमा हात पारेको थियो।
टेस्टमा डेब्यु गरेका भारतका मानव सुथारले दोस्रो इनिङमा १ र मोहम्म सिराजले पनि १ विकेट लिए।
यसअघि सुथारले अफगानिस्तानको पहिलो इनिङमा ६ विकेट लिएका थिए। डेब्यु टेस्टमा उनले साथ विकेट लिएका हुन्।




