परराष्ट्रमन्त्री खनाल दिल्लीमा

हिमाल प्रेस २२ जेठ २०८३ १६:४९ | Friday, June 5, 2026
24
SHARES
परराष्ट्रमन्त्री खनाल दिल्लीमा

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली गएका हुन्।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा खनाललाई भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव प्रशान्त पिसेले स्वागत गरेका थिए।

भ्रमणका क्रममा खनालले भारतीय विदेशमन्त्री जयशंकरसहित अन्य उच्चपदस्थ अधिकारीहरूसँग औपचारिक भेटवार्ता गर्नेछन्। दुई देशबीच हुँदै आएको नियमित उच्चस्तरीय भ्रमणको आदानप्रदानको निरन्तरताको रूपमा यो भ्रमणलाई हेरिएको छ।

‘यो भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, स्थायी र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप उपचाइमा पु¥याउने,’ परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा हुने भेटवार्ता नेपाल र भारतबीचको व्यापार, कनेक्टिभिटी, ऊर्जा व्यापार र जनता–जनताबीचको सम्बन्धलाई थप मबजुत बनाउने विषयाम केन्द्रित हुनेछ।

यसैबीच भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो भ्रमणले भारत र नेपालबीचको विशेष साझेदारीलाई थप बलियो बनाउन मद्त गर्ने बताएका छन्।

‘उच्च तहका नियमित भ्रमणहरूको परम्परालाई निरन्तरता दिँदै यस भ्रमणले भारत र नेपालबीचको विशेष साझेदारीलाई थप सुदृढ बनाउन सहयोग गर्नेछ,’ जयसवालले सामाजिक सञ्जालमा लेखेका छन्।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भारत भ्रमण सम्पन्न गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वदेश फर्किरहेको दिन परराष्ट्रमन्त्री खनाल नयाँदिल्ली पुगेका हुन्।

सत्तारुढ दल रास्वपाका सभापति लामिछाने पाँचदिने भारत भ्रमणका लागि सोमबार नयाँदिल्ली गएका थिए।

रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निमन्त्रणा पठाएका थिए। प्रधानमन्त्री शाहले निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको टुंगो लागिसकेको छैन।

प्रकाशित: २२ जेठ २०८३ १६:४९ | Friday, June 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast