न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने प्रयास हुनेछ : प्रधानन्यायाधीश

हिमाल प्रेस २० जेठ २०८३ १५:५४ | Wednesday, June 3, 2026
14
SHARES
न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने प्रयास हुनेछ : प्रधानन्यायाधीश

काठमाडौँ- प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ आफ्नो प्रयत्न हुने बताएका छन्।

सर्वोच्च अदालत बार एशोसिएसनले बुधबार काठमाडौँमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानन्यायाधीश शर्माले यसअघिका प्रधानन्यायाधीशका कार्यकालमा अवलम्बन गरिएका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने आफ्नो पयास हुने बताएका हुन्।

अदालतमार्फत गरिने विवाद समाधान पहिलो रोजाइ नभई अन्तिम विकल्पको रूपमा विकास गर्नु पर्ने आवश्यकता रहेको भन्दै उनले विवाद समाधानलाई व्यवहारमा प्रभावकारी बनाउन बारको सक्रिय भूमिका अपेक्षित रहेको बताए।

संविधानको सर्वोच्चता, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, न्यायिक निष्पक्षता तथा संस्थागत सुशासनप्रति अडिक रहने उनले बताए।

प्रधानन्यायाधीश शर्माले संविधानले परिकल्पना गरेबमोजिम न्याय प्रशासनलाई छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र थप जनउत्तरदायी बनाउनसके आम नागरिकको विश्वास आर्जन गर्न सकिने धारणा राखे।

उनले न्यायिक सुधारका योजना कार्यान्वयन गर्ने कार्यमा प्रधानन्यायाधीशको नेतृत्वदायी भूमिका हुने भए पनि न्यायाधीश तथा कर्मचारीहरूको समन्वयनात्मक सहकार्यबाट मात्रै न्यायालयको सुधार र सुदृढीकरण सम्भव हुने बताए।

प्रकाशित: २० जेठ २०८३ १५:५४ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast