काठमाडौँ- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन्।
भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतका प्रधानन्यायाधीशसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ।
उनी भ्रमणपश्चात् साउन ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
भ्रमण दलमा प्रधानन्यायाधीश शर्माकी धर्मपत्नी उमा शर्मा र सह–रजिष्ट्रार अमित उप्रेती सहभागी छन्।
प्रकाशित: ७ साउन २०८३ १८:४९ | Thursday, July 23, 2026
प्रतिक्रिया

