सीमा विवाद : सांसदले मागे प्रधानमन्त्रीको जवाफ

हिमाल प्रेस २५ जेठ २०८३ १४:१३ | Monday, June 8, 2026
12
SHARES
सीमा विवाद : सांसदले मागे प्रधानमन्त्रीको जवाफ

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १९ गते सम्बोधनकै क्रममा दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै जवाफ मागेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी दलका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई बोल्न समय दिएका थिए।

सांसदले सीमासम्बन्धी उक्त अभिव्यक्ति अभिलेखबाट हटाइनुपर्ने मागसमेत बैठकमा राखे। बैठकमा एमाले सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्री शाहको सीमासम्बन्धी उक्त अभिव्यक्ति अभिलेखबाट हटाउन माग गरिन्।

२०७७ सालमा लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई नेपालको नक्सामा राख्ने विषयमा राष्ट्रिय सहमति जुटेको उनले बताइन्।

यसैगरी, बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरू सन्तोष सुब्बा, हर्कराज साम्पाङ राई, वर्षमान पुन, ज्ञानेन्द्रबहादुर शाहीलगायतले करका दर फेरबदल गरिएको, भन्सारलाई मिलाएर चीनबाट गाडी आयातमा अनियमितता भएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको विषयप्रति छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने बताए।

प्रकाशित: २५ जेठ २०८३ १४:१३ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast