बागमतीमा फसेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

हिमाल प्रेस ७ असार २०८३ १९:५० | Sunday, June 21, 2026
14
SHARES
बागमतीमा फसेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

काठमाडौँ- सशस्त्र प्रहरीले रौतहटस्थित बागमती नदीमा फसेका १४ जनाको सकुसल उद्धार गरेको छ।

रौतहटको दुर्गाभगवती गाउँपालिका–३ मत्सरीघाटस्थित बागमती नदीको बीच भागमा फसेका १४ जनाको सशस्त्र प्रहरीले आइतबार साँझ उद्धार गरेको हो।

उद्धार गरिएकाहरुमध्ये ११ जना महिला र ३ बालिका रहेको सशस्त्र प्रहरी नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

दुर्गाभगवती नगरपालिका–१ पिपराभलोहियाका उनीहरु दिउँसो नदी पार गर्ने क्रममा एक्कासी आएको बाढीका कारण बीच भागमा फसेका थिए।

लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं.११ गण रौतहट र सुरक्षा वेस भलोहियाबाट विपद् व्यवस्थापन तालिमप्राप्त टोलीले उनीहरुलाई रबरबोटको सहायताले उद्धार गरेको थियो।

प्रकाशित: ७ असार २०८३ १९:५० | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast