काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम जिल्ला अधिवेशन बाट दाङको लमहीबाट प्रतिनिधित्व गर्ने ३४ वर्षीय किरण खनाल निर्वाचित भएका छन्। जिल्ला सभापतिमा चारजना आकांक्षी देखिएपछि नेतृत्व चुन्न मतदान भएको थियो।
कुल १५ सदस्य कार्यसमितिमा पराजय ब्यहोरे पनि मतदानमा २५ प्रतिशत कटाएको हुँदा निवर्तमान जिल्ला सभापति विनय घिमिरे जिल्ला सदस्यमा स्वतः पर्ने छन्। घिमिरेले १२४ मत प्राप्त गरेका थिए। खनालले १९६ मत प्राप्त गरेका थिए। केदार रजौरेले ६ र लमहीका ब्यापारी किरणकुमार आचार्यले जम्मा २ मत मात्रै प्राप्त गरेका थिए।
उपभापति पदमा निराजन थापा २४० मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी सुनिता रावतले ८० मत प्राप्त गरिन्। सचिव पदमा असिम भुसाल २०० मत प्राप्त गरी निर्वाचित हुँदा बलिराम खत्रीले १२३ मत प्राप्त गरेका थिए।
सहसचिव पदमा तीन जना प्रतिस्पर्धी मध्य प्रमिला रोका मगर १८४ मत प्राप्त गरी निर्वाचित भइन्। निकतम प्रतिस्पर्धी दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरे। निर्वाचित सदस्यहरुमा प्रतापविक्रम पुन मगर १८३, होताराम आचार्य १०४, अनन्ता चौधरी १०६, चुमान चौधरी ९९ मत प्राप्त गरी निर्वाचित भएका छन्।




