३ उम्मेदवारलाई पछि पार्दै रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी निर्वाचित

हिमाल प्रेस ३० जेठ २०८३ ८:११ | Saturday, June 13, 2026
12
SHARES
३ उम्मेदवारलाई पछि पार्दै रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी निर्वाचित

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन्।

सभापति पदमा उम्मेवादी दिएका अन्य तीन उम्मेदवारलाई पछि पार्दै त्रिपाठी विजयी भएका हुन्। रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ। त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित भएका हुन्।

शुक्रबार शुरु भएको रास्वपाको पहिलो गण्डकी प्रदेश अधिवेशनमा सभापति पदका लागि मात्र ४ जनाले उम्मेदवारी दिएका थिए।

त्रिपाठीले २३४ मत पाएर निर्वाचित भएको रास्वपा गण्डकीका पूर्व महामन्त्री अशोक खड्काले जानकारी दिए।

त्रिपाठी यसअघि प्रदेश समिति महामन्त्री थिए। सभापति पदमा दोहोरिन चाहेका प्रतिनिधी सभा सांसद राजन गौतमले १८२ मत पाए भने सभापतिकै उम्मेदवार माधव पनेरुले ११ मत र डा। हरि कार्कीले जम्मा २ मत पाएका थिए।

शुक्रबार राती भएको मतदानमा कुल ७८० अधिवेशन प्रतिनिधी रहे पनि ४३७ जनाले मतदान गरेका थिए ।

रास्वपाको विधान अनुसार प्रदेश समिति ४७ सदस्यीय हुन्छ । जसमा ११ जिल्ला सभापति पदने सदस्य रहने व्यवस्था छ भने २ जना सदस्य सभापतिले मनोनित गर्नेछ । प्रदेश समितिमा सभापतिसहित ३४ जना निर्वाचित हुने व्यवस्था छ । प्रदेश सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यहरुको भने मतगणना जारी रहेको जनाइएको छ ।

प्रकाशित: ३० जेठ २०८३ ८:११ | Saturday, June 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast