काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई दिइएको छ।
यसअघि डीआइजी विष्णुप्रसाद भट्ट सशस्त्रका प्रवक्ता थिए।
उनको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि डीआइजी कार्कीलाई जिम्मेवारी दिएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रकाशित: ३० जेठ २०८३ ९:५२ | Saturday, June 13, 2026
प्रतिक्रिया




