काठमाडौँ- प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध गरेका छन्।
सभामुखले रोष्ट्रममा बोल्न समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध गरेका हुन्।
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क राई सम्पाङसहितका सांसदहरू वेल अगाडि उभिएर नाराबाजी गर्दै विरोध गरेका छन्।
अन्य विपक्षी दलका सांसदहरूलाई बोल्न समय दिए पनि सभामुखले आफूहरूलाई बोल्न समय नदिएको श्रम संस्कृति पार्टीका सांसदहरूको भनाइ छ।
सभामुख डीपी अर्यालले भने श्रम संस्कृति पार्टीका सांसदहरू नाम नटिपाएकाले समय नदिएको बताएका छन्।
प्रकाशित: २७ जेठ २०८३ १७:५३ | Wednesday, June 10, 2026
प्रतिक्रिया




