प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध श्रम संस्कृतिको प्रदर्शन

हिमाल प्रेस २३ जेठ २०८३ १६:५२ | Saturday, June 6, 2026
16
SHARES
प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध श्रम संस्कृतिको प्रदर्शन

काठमाडौँ- सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ।

नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितविपरित रहको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौँको माइतीघरमा खवरदारी सभासहित विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए। साथै उनीहरुले ‘नेपाली माटोको रक्षा गरौँ, राष्ट्रको सम्मान जोगाऔँ, गैर जिम्मेवार अभिव्यक्तिको विरोध गरौँ’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

यस क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए। उनले हरेक देशको सीमा समस्या रहेको भन्दै सीमा समस्या र सीमा मिच्ने विषय फरक भएको उल्लेख गरे।

उनले सदनमा आफूहरुले राख्दै आएको अडान कायमै रहने समेत बताए।

प्रकाशित: २३ जेठ २०८३ १६:५२ | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast