रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे राजेन्द्र लिङ्देन, गगन थापा पनि जाँदै

हिमाल प्रेस ७ असार २०८३ ११:३४ | Sunday, June 21, 2026
50
SHARES
रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे राजेन्द्र लिङ्देन, गगन थापा पनि जाँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन चितवन पुगेका छन्। उनी केहीबेरअघि चितवन ओर्लिएको उनका स्वकीय सचिव छत्र खडायतले जनाएका हुन्।

रास्वपा महाधिवेशनमा अतिथिको रूपमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्। चितवनमा आजदेखि सुरु हुने रास्वपाको महाधिवेशनमा सबै दललाई निम्तो दिइएको छ। नेपाली कांग्रेसका सभापति गगन थापा आफै सहभागी हुँदैछन् भने एमालेबाट पूर्वउपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुँदैछन्। श्रम संस्कृति पार्टीले प्रतिनिधि पठाएको छैन। आजै प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ चितवन पुगेका छन्।

उनी केही बेरअघि मात्र भरतपुर विमानस्थलमा ओर्लिएका हुन्। अहिले उनी कार्यक्रमस्थलतिर लागिसकेका छन्। बालेनले साथमा पत्नी र छोरी पनि लिएर आएका छन्।

भरतमा आयोजित रास्वपाको महाधिवेशन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले दिउँसो २ बजे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।

प्रकाशित: ७ असार २०८३ ११:३४ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast