रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज

हिमाल प्रेस ८ असार २०८३ १३:०३ | Monday, June 22, 2026
18
SHARES
रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज भएको छ। असार ४ गते बसेको सचिवालय बैठकले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने निर्णय सर्कुलेसन भएको थियो।

तर समायोजनमा आएका नेताहरूले विरोध गरेपछि निर्णयबाट पछि हटेको एक संस्थापक सदस्यले जानकारी दिए । समायोजनमा आएका ५१ जनालाई समायोजन गर्दा त्यसमा संस्थापक सदस्य पनि पर्नुपर्ने ती नेताले बताए ।

‘सचिवालय बैठकपछि संस्थापक सदस्यलाई स्वतः केन्द्रीय सदस्य बनाउने सर्कुलर आएको थियो । तर, समायोजनमा आएकाले विरोध गरे भनेर निर्णय सच्चिएको जानकारी आएको छ । सभापतिले ५१ जना मनोनीत गर्दा त्यसमा संस्थापक पनि पर्नुपर्छ’ ती नेताले भने ।

रास्वपाको प्रथम महाधिवेशन अहिले चितवनमा जारी छ ।

प्रकाशित: ८ असार २०८३ १३:०३ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast