रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु, महाधिवेशनको तयारीबारे छलफल चल्दै

हिमाल प्रेस ४ असार २०८३ १०:११ | Thursday, June 18, 2026
10
SHARES
रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु, महाधिवेशनको तयारीबारे छलफल चल्दै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आगामी महाधिवेशनको तयारी र पार्टीको आन्तरिक नीतिबारे सघन छलफल भइरहेको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार आजको बैठक मुख्य गरी यही असार ७ गतेदेखि चितवनमा हुन लागेको पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा केन्द्रित रहेको छ। बैठकमा महाधिवेशनको व्यवस्थापकीय तयारी, प्रतिनिधि छनोट र कार्यतालिकाका विषयमा समीक्षा भइरहेको छ।

यसका साथै पार्टीको भावी दिशा तय गर्ने महत्त्वपूर्ण दस्तावेज मानिएको ‘विधान मस्यौदा’ माथि पनि सचिवालय बैठकमा विस्तृत छलफल हुने स्रोतले जनाएको छ। महाधिवेशनमा पेश गरिने विधान परिमार्जनका विषय र सांगठनिक संरचनाबारे केन्द्रीय नेताहरूले धारणा राख्ने क्रम जारी छ। चितवन महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन पार्टीले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ।

प्रकाशित: ४ असार २०८३ १०:११ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast