बजेटले गरिब र कमजोर वर्गलाई छोडेको छैन : अर्थमन्त्री

हिमाल प्रेस २९ जेठ २०८३ १५:४४ | Friday, June 12, 2026
14
SHARES
बजेटले गरिब र कमजोर वर्गलाई छोडेको छैन : अर्थमन्त्री अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ- ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ।

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने राखेको प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो।

त्यसअघि विधेयकमाथिको छलफलका क्रममा विपक्षी सांसदहरुले विनियोजन विधेयकमा चालु खर्च र पुँजीगत खर्चमा सन्तुलन नभएको, दीर्घकालीन ऋणको बोझ हटाउनेतर्फ सरकारले कुनै ध्यान नदिएको टिप्पणी गरेका थिए भने सत्तापक्षका सांसदहरुले आर्थिक रुपान्तरणका लागि सरकारले ल्याएको बजेट निकै प्रभावकारी भएको जनाएका थिए।

सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले मध्यमवर्गको विस्तारलाई बजेटले प्राथमिकतामा राखेको भए पनि गरिब र कमजोर वर्गलाई नछाडेको बताए। बजेटले सबै क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै उनले सुनेको भरमा नभइ विनियोजन विधेयक पढेर टिप्पणी गर्न आग्रह गरे।

सरकारले यसपटक ऋणमा नभई राजस्वमा महत्वाकांक्षी लक्ष्य राखेको उनले बताए। उनले अर्थतन्त्रलाई औपचारिकतातर्फ अघि बढाउनका लागि गरिएको पहलका कारण केही आचोलना भएपछि त्यसपछि समग्रमा मुलुकको नै हित हुने धारणा राखे।

प्रकाशित: २९ जेठ २०८३ १५:४४ | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast