चिया उद्योग बन्द गर्ने घोषणा

हिमाल प्रेस ३ असार २०८३ १५:५८ | Wednesday, June 17, 2026
4
SHARES
चिया उद्योग बन्द गर्ने घोषणा बगानमा चियाको हरियोपत्ती टिप्दै श्रमिक। फाइल तस्बिर।

काठमाडौँ- नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीहरूले बिहीबार (असार ४ गते) देखि अनिश्चितकालका लागि  चिया उद्योग तथा बगान बन्द गर्ने घोषणा गरेका छन्।

भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि झापाका चिया उद्योगीले यो घोषणा गरेका हुन्।

नेपालमा उत्पादित सीटीसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ रहेको र त्यसमध्ये करिब पाँच अर्ब मूल्य बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले बताए।

नेपाल चिया उत्पादक संघ झापाले बुधबार भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी बिहीबारदेखि चिया उद्योग र चिया बगान बन्द गर्ने जानकारी दिएको छ।

उनले विकल्पमा बंगलादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने बताउँदै त्यसतर्फ निर्यातका लागि पहल गरिदन पराजुलीले सरकारसँग माग गरे।

चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको छ, भने वार्षिक एक अर्ब राजस्व बुझाउँदै आएको छ।

प्रकाशित: ३ असार २०८३ १५:५८ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast