करार कर्मचारीको महँगी भत्ता स्थायी सरह

हिमाल प्रेस १ असार २०८३ १७:३७ | Monday, June 15, 2026
122
SHARES
करार कर्मचारीको महँगी भत्ता स्थायी सरह प्रतिकात्मक तस्बिर

काठमाडौँ- गण्डकी प्रदेश सरकारले कर्मचारीको तलब भत्ता बढाएको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ बजेटमार्फत राष्ट्र सेवक कर्मचारीको तलबभत्तामा गरेको वृद्धि बमोजिम प्रदेशमा कार्यरत कर्मचारीकोसमेत तलबभत्ता वृद्धि हुने व्यवस्था मिलाएको हो।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेश सरकारको बजेट सार्वजनिक गर्दै तलबभत्ता वृद्धि गरिएको घोषणा गरे।

यस्तै, करार सेवामा कार्यरत कर्मचारीको मनोबल उच्च गराई थप दक्षता ल्याउन साउन १ गतेदेखि लागू हुने गरी स्थायीसरह महँगी भत्ताको व्यवस्था गरिएको पनि उनले जानकारी दिए।

प्रकाशित: १ असार २०८३ १७:३७ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast