ईसीडी शिक्षकले पारिश्रमिक वृद्धि माग गर्दै बुझाए ध्यानाकर्षण पत्र

हिमाल प्रेस ४ असार २०८३ ११:०० | Thursday, June 18, 2026
140
SHARES
ईसीडी शिक्षकले पारिश्रमिक वृद्धि माग गर्दै बुझाए ध्यानाकर्षण पत्र

भक्तपुर- बालविकास सहजकर्ताहरू (ईसीडी शिक्षक) ले पारिश्रमिक वृद्धि र थप आर्थिक अनुदानको माग गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन्।

बालविकास सहजकर्ता संघर्ष समितिले नगर प्रमुख प्रजापतिलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै हाल प्राप्त पारिश्रमिकले दैनिक जीवनयापन गर्न कठिन भएको उल्लेख गरेको छ।

समितिले ईसीडी शिक्षकहरूको योगदानलाई राज्यले उचित रूपमा मूल्याङ्कन गर्नुपर्ने भन्दै पारिश्रमिक वृद्धि गर्न र थप आर्थिक अनुदान उपलब्ध गराउन माग गरेको छ।

ध्यानाकर्षण पत्रमा प्रारम्भिक बालशिक्षाको गुणस्तर अभिवृद्धिमा बालविकास सहजकर्ताहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनीहरूको सेवासुविधा वृद्धि गर्न आवश्यक रहेको बताइएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख प्रजापतिले ईसीडी शिक्षकहरूले उठाएका मागबारे नगरपालिका गम्भीर रहेको बताउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सम्भावित समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

बालविकास सहजकर्ता संघर्ष समितिले आफ्ना माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने चेतावनीसमेत दिएको छ।

प्रकाशित: ४ असार २०८३ ११:०० | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast