काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज हरियो तरकारी तथा अन्य कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६० र भारतीय रु ७०, आलु रातो रु ३५ देखि ३८ र प्याज सुकेको (भारतीय) रु ४३ तोकिएको छ। बन्दा रु ६०, काउली रु ६०, गाजर रु १००, मूला रु २० देखि ४० र भन्टा रु ३५ देखि ४० कायम गरिएको छ।
त्यसैगरी लौका रु ५०, परवर रु ४०, चिचिण्डो रु ४०, घिरौँला रु ५० र भिन्डी रु ३० तोकिएको छ। फर्सी, सिमी, बोडी लगायतका तरकारीको मूल्य रु ३० देखि रु १२० सम्म रहेको छ।
प्रकाशित: २९ जेठ २०८३ ८:४५ | Friday, June 12, 2026
प्रतिक्रिया




