चेक अनादर मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ

हिमाल प्रेस २८ वैशाख २०८३ १२:४४ | Monday, May 11, 2026
8
SHARES
चेक अनादर मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ प्रतीकात्मक तस्बिर।

सुर्खेत- प्रहरीले चेक अनादर मुद्दामा गाउँपालिका अध्यक्षलाई पक्राउ गरेको छ ।

दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही चेक अनादर मुद्दामा पक्राउ परेकी हुन्। उनलाई शुक्रबार बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको हो ।

दैलेख प्रहरीका अनुसार शाहीले दिएको ५ लाख ३५ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

उनलाई वैशाख २५ गते म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय दैलेखले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

शाही २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित: २८ वैशाख २०८३ १२:४४ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast