‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा घोडाबाट लडे विजय बराल

हिमाल प्रेस १७ जेठ २०८३ १२:५७ | Sunday, May 31, 2026
12
SHARES
‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा घोडाबाट लडे विजय बराल

काठमाडौँ- फिल्म ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन्। पर्वतको कुस्मामा छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो।

गत जेठ १ गतेदेखि कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो। करिब १५ दिनको कार्यतालिका सकेर बुधबार एक दृश्यका लागि घोडा चढ्ने क्रममा सन्तुलन बिग्रँदा बराल दुर्घटनामा परेका हुन् । निर्माण टिमका अनुसार उनको दाहिने हातको नाडीको जोर्नीमा फ्याक्चर देखिएपछि पोखरामा प्राथमिक उपचार र प्लास्टर गरिएको छ ।

बरालले आफ्नो स्वास्थ्यका कारण अन्य केही चलचित्रको छायांकन तालिकामा पनि फेरबदल हुन सक्ने संकेत गरेका छन्। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपानेको मुख्य भूमिका रहनेछ।

प्रकाशित: १७ जेठ २०८३ १२:५७ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast