एमालेको सचिवालय बैठक गुन्डुमा बस्दै

हिमाल प्रेस ४ जेठ २०८३ ७:०७ | Monday, May 18, 2026
10
SHARES
एमालेको सचिवालय बैठक गुन्डुमा बस्दै

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार शनिबार दिउँसो बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण आजका लागि सारिएको जानकारी दिए।

उनका अनुसार नेताहरू जेठ ३ गते मनाइने मदन–आश्रित दिवसका सन्दर्भमा व्यस्त भएका थिए। आजको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उनको निजी निवास गुन्डुमा बस्ने गरी तय भएको उनको भनाइ छ। बैठकमा समसामयिक राजनीति, सुकुमवासीका सवाल एवम् जनपक्षीय विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: ४ जेठ २०८३ ७:०७ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast