गुन्डुमा आज पनि बस्दैछ एमाले सचिवालय बैठक

हिमाल प्रेस ९ जेठ २०८३ ६:३० | Saturday, May 23, 2026
4
SHARES
गुन्डुमा आज पनि बस्दैछ एमाले सचिवालय बैठक नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आइतबार भएको सचिवालय बैठकमा सहभागी अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारीहरु । तस्बिरः अध्यक्ष ओलीको सचिवालय/ रासस

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ ।

शुक्रबार झण्डै ६ घण्टा बसेको बैठकमा उपाध्यक्षहरूले आ आफ्नो विषय राखेका थिए । सो क्रममा उनीहरुले अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । आजको बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

अध्यक्ष ओलीले नेताहरूको कार्य विभाजनको प्रस्ताव सोमबारको बैठकमा राखेका थिए । त्यही प्रस्तावका आधारमा नेताहरूले आ–आफ्ना धारणा राखेका हुन्।

 

प्रकाशित: ९ जेठ २०८३ ६:३० | Saturday, May 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast