संसदीय सुनुवाईको प्रक्रिया हतारो गरेको भन्दै एमालेको आपत्ति

हिमाल प्रेस ५ जेठ २०८३ ९:२८ | Tuesday, May 19, 2026
संसदीय सुनुवाईको प्रक्रिया हतारो गरेको भन्दै एमालेको आपत्ति पद्मा अर्याल

काठमाडौँ- नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाईको प्रक्रियामा निकै हतारो गरिएको भन्दै आपत्ति जनाएकी छन्। मंगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले पर्याप्त अध्ययन र उजुरीकर्तासँगको छलफल बिना नै निर्णय प्रक्रियामा जानु अनुपयुक्त हुने धारणा राखिन्। बैठकमा उपनेता अर्यालले कार्ययोजना र उजुरीहरू भर्खरै प्राप्त भएको अवस्थामा अध्ययनका लागि समय नै नदिई आजै सबै कुरा टुंग्याउन खोज्नु रहस्यमय भएको बताइन्।

अर्यालले संवैधानिक परिषद्बाट सिफारिस भई आएका नामहरूको योग्यता र विज्ञता जाँच्न परिषद्मा छलफल भएका अन्य उम्मेदवारहरूको विवरण पनि समितिले पाउनुपर्ने माग गरिन्।

उनले संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता र राष्ट्रिय सभाका अध्यक्षले राखेको असहमति वा ‘नोट अफ डिसेन्ट’ का विषयमा पनि समिति सुसूचित हुनुपर्ने जिकिर गरिन्। समितिको निर्णय कार्यपालिकाको आदेश पालना गर्ने औपचारिक माध्यम मात्र बन्न नहुने बताइन्। उपनेता अर्यालले प्रक्रियागत त्रुटी नगरी र हतार नगरी गम्भीरतापूर्वक अगाडि बढ्न सभापतिको ध्यानाकर्षण गराइन्।

प्रकाशित: ५ जेठ २०८३ ९:२८ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast