काठमाडौँ- नेकपा एमालेले पार्टीका विषयत विभागहरूको प्रमुख चयन गरेको छ। सचिव पद्मा अर्याल संसदीय मामिला विभाग प्रमुख बनेकी छन्। भानुभक्त ढकाल संगठन विभाग प्रमुख र प्रदीप ज्ञवाली विदेश मामला विभाग प्रमुख चयन भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ औँ महाधिवेशनमा हार व्यहोरेका नेतालाई पनि जिम्मेवारी दिएका छन्।
महाधिवेशनमा उपाध्यक्षमा पराजित विन्दा पाण्डेलाई अर्थ तथा योजना विभाग दिइएको छ। उनी गत वर्ष पनि यही विभागमा थिइन्। तर एमालेले पाण्डेलाई कारबाही गर्यो। त्यसपछि उनको जिम्मेवारी गुमेको थियो। अब फेरि उनले त्यही विभाग सम्हाल्ने छन्। यता ११ औँ महाधिवेशनमा सचिवमा पराजित रचना खड्कालाई श्रम तथा रोजगार विभाग दिइएको छ। विद्यार्थी राजनीति हुँदै मूल राजनीतिमा आएकी उनी ११ औँ महाधिवेशनमा कम उमेरमा पदाधिकारी लड्ने महिला थिइन्। तर उनी पराजित भइन्।
सूची—
पद्मा अर्याल– संसदीय मामिला विभाग प्रमुख
भानुभक्त ढकाल– संगठन विभाग प्रमुख
हिक्मतकुमार कार्की– विपद व्यवस्थापन तथा स्वयम सेवा विभाग प्रमुख
अग्निप्रसाद खरेल– ऊर्जा जलस्रोत तथा सिँचाइ विभाग प्रमुख
अमित लामा– युवा तथा खेलकुद विभाग प्रमुख
आनन्दप्रसाद पोखरेल– पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख
कर्णबहादुर थापा– उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख
किरण गुरूङ– राष्ट्रिय हित तथा सुरक्षा विभाग प्रमुख
कृष्णगोपाल श्रेष्ठ– स्वास्थ्य तथा जनसंख्या विभाग तथा फाँट
खेमप्रसाद लोहन– सहकारी तथा गरिबी निवारण विभाग प्रमुख
गणेशसिंह ठगुन्ना– संघीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुख
गोकुलप्रसाद बास्कोटा– विज्ञान तथा प्रविधि विभाग प्रमुख
गोरखबहादुर बोगटी– सामाजिक सेवा विभाग प्रमुख
ज्वालाकुमारी साह– कृषि तथा पशुपन्छी विकास विभाग
झटबहादुर रावल– खानेपानी तथा सरसफाइ विभाग प्रमुख
ठाकुरप्रसाद गैरे– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख
देवेन्द्र दाहाल– निर्वाचन विभाग प्रमुख
निरज आचार्य– प्रचार तथा प्रकाशन विभाग प्रमुख
पार्वती रावल– शिक्षा तथा मानवस्रोत विभाग प्रमुख
प्रदीप ज्ञवाली– विदेश मामला विभाग प्रमुख
बिनाकुमार श्रेष्ठ– पुस्तकालय तथा अभिलेख विभाग प्रमुख
भारती पाठक– वन तथा वातावरण विभाग प्रमुख
डा, भीष्म अधिकारी वित्त तथा कोषव्यवस्थापन विभाग प्रमुख
रचना खड्का– श्रम तथा रोजगार विभाग प्रमुख
रमेश बडाल– कानुन विभाग प्रमुख
राजेन्द्रप्रसाद गौतम–स्थानीय विकास विभाग प्रमुख
डा. विन्दा पाण्डे– अर्थ तथा योजना विभाग प्रमुख
डा. वीरेन्द्रराज शर्मा पोखरेल– सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग प्रमुख
शेरबहादुर तामाङ– सहरी विकास विभाग प्रमुख
सूर्य ढकाल– भूमि व्यवस्था तथा प्रमुख
सुशीला नेपाल– उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग प्रमुख
हेमराज राई–कला तथा संस्कृति विभाग प्रमुख
सूर्य ढकाल( भूमि व्यवस्था विभाग प्रमुख




