कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

हिमाल प्रेस २७ वैशाख २०८३ ६:३६ | Sunday, May 10, 2026
2
SHARE
कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

काठमाडौँ- बाँकेमा शनिबार कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको खजुरा गाउँपालिका–६ स्थित भित्री सडक उढरापुरमा कारले ठक्कर दिँदा स्थानीय बालक अरहान अहमद जोलाहको मृत्यु भएको हो। उनलाई बा प्र ००१–०३०च २८५१ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

कार चालक खजुरा गाउँपालिका–७ का ४० वर्षीय मोसिन खाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २७ वैशाख २०८३ ६:३६ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast