सिराहाबाट १९ लाख भन्दा बढीको सामानसहित ट्रक नियन्त्रणमा

हिमाल प्रेस ३ जेठ २०८३ १३:३३ | Sunday, May 17, 2026
4
SHARES
सिराहाबाट १९ लाख भन्दा बढीको सामानसहित ट्रक नियन्त्रणमा

सिराहा- सशस्त्र प्रहरीले सिराहा जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा इलाकाबाट जेठ २ गते राति करिब १९ लाख ४७ हजार ३ सय रुपियाँ बराबरको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सोही ठाउँ बस्ने ५० वर्षीया राजेश यादव र ३९ वर्षीय आनन्द यादवलाई नं ७ गण सिराहाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो। स १ ख ५३५ नम्बरको ट्रकमा राखेर नेपालबाट अवैध रूपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको कस्मेटिक सामान, टुथ पेस्ट, २ सय ६० केजी ओखरसहित गाडि समेत विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो। गाडीको अन्दाजी मूल्य २१ लाख रहेको छ भने नियन्त्रणमा लिएकाहरू गाडीमा चालक र सहचालक हुन्।

नियन्त्रणमा लिइएका दुवै जनालाई नेपाल प्रहरीलाई बुझाइएको छ भने बरामद सामान भन्सार बुझाउने प्रक्रियामा रहेको छ।

प्रकाशित: ३ जेठ २०८३ १३:३३ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast