आजकाे राशिफल

हिमाल प्रेस २२ वैशाख २०८३ ६:१९ | Tuesday, May 5, 2026
8
SHARES
आजकाे राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरु वर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विशेष सामान तथा उपहार प्राप्त हुने योग रहेको छ । किनमेल, मनोरञ्जन तथा घुमघाममा समय व्यतीत हुनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । बिहानको समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नसोचेको धन तथा सम्पत्ति प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, स्वास्थ्य सामाग्री, पहिरन तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुने योग रहेको छ । मध्यान्हबाट आफन्त तथा दिदी बहिनीसँग साना कुरामा राय बाझिनेछ । आर्थिक मुद्दाहरू हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरू टाढिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्नै बलबुताले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पाइला चाल्न सकिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा बिलासी बस्तुको उपयोग मार्फत अरूको मन आफूनिर तान्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले खानपान, मनोरञ्जन तथा परिवारका साथ समय व्यतीत हुनेछ । खाद्यान्न, पहिरन, गरगहना तथा खेलौनासँग सम्बन्धित व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । रमाइलो यात्राको तय हुनेछ । मध्यान्हबाट मनोरञ्जनमा अल्मलिदा लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । आफन्त तथा साथीभाइहरू सँग विवाद बढ्नेछ । शत्रुहरू लाग्नेछन् भने न्यायिक निर्णयहरू तपाईँको विपक्षमा फैसला हुनेछन् । माया प्रेममा नजिक भए पनि विवाद हुने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । विलासिताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउँदै शिक्षा तथा बैङ्किङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ । बौद्धिकताले सम्मान दिलाउनेछ । पूजा सामाग्री, सवारी साधन, स्वास्थ्य सामाग्री तथा खाद्यान्नको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्य सम्बन्धी समस्या आई काममा बाधा हुनेछ । आमा, आफन्त तथा साथीभाइबाट टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरू सक्रिय भएर लाग्नेछन् । बिहानको समय राम्रो रहेकोले कृषि क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । सवारी साधन, भौतिक सम्पत्ति तथा खानेकुराको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक असमझदारीले कामहरू गर्न केही कठिनाइ हुनेछ भने दाजुभाइसँग विवाद बढ्ने योग रहेको छ । यात्रा कष्टप्रद हुन सक्छ ध्यान दिनुहोला । प्रेममा अरूकै नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । बिहानको समय राम्रो रहेकोले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । व्यापार एवम् टुरिजमको क्षेत्रबाट मनग्गे आम्दानी गर्न  सकिनेछ । पारिवारिक जमघटले मन प्रफुल्लित हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ ।  प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । कला, साहित्य तथा  सङ्गीतको क्षेत्रमा काम गर्नेहरूका लागी यात्राको अवसर जुर्नेछ । खाद्यान्न तथा पहिरनको व्यापारबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वन्द व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ।  एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्त तथा साथीभाइहरूको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकी तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् । मध्यान्हबाट काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आर्थिक दृष्टिले दिन उत्तम रहेको छ भने अधुरा योजनाहरू पुरा हुनेछन् । कृषि क्षेत्रबाट मुनाफा कमाउन सकिनेछ भने बिलासी सामान, खाद्यान्न तथा पहिरनको व्यापारबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।  सन्तान सुख मिल्नेछ भने परिवारमा माङ्गलिक कार्य हुनेछ । पुर्ख्यौली सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । पढाइ लेखाइ उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार होइनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा छुट्टिनु पर्ने बाध्यता आउनेछ । बिहानको समय राम्रो रहेकोले छोटो दुरीको यात्राको तय हुनेछ भने आफन्त तथा परिवारसँगको भेटले मन प्रफुल्लित हुनेछ । व्यापारमा वृद्धि हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रकाशित: २२ वैशाख २०८३ ६:१९ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast