यी राशि हुनेलाई आज लाभ, अन्यलाई हानी

हिमाल प्रेस १८ वैशाख २०८३ ५:४७ | Friday, May 1, 2026
4
SHARES
यी राशि हुनेलाई आज लाभ, अन्यलाई हानी

आज वैशाख १८ गते शुक्रबार। वैशाख शुक्ल पूर्णिमा तिथि। सिद्धि विष्टि,भद्रा स्वाति पञ्चांग। २०२६ मे महिनाको १ तारिक । तपाईँको राशिफल।

सुरुमा मेष राशि

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। साथीभाइको सहयोग मिल्नेछ। आयआर्जन पनि राम्रै हुनेछ।

वृष

आफ्नो अधिकारको लागि लड्नुपर्ने छ। काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ। शत्रुहरू पराजित हुनेछन्।

मिथुन

काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ। सुखद् समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ।

कर्कट

सन्तानले प्रसन्नता दिलाउनेछन्। परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ।

सिंह

परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ। व्यापार व्यवसायबाट पनि फाइदा हुनेछ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ।

कन्या

दाम्पत्य जीवनमा खुसियाली छाउनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। काममा सफलता मिल्नेछ। आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ।

तुला

सामाजिक मानसम्मान पाइने समय छ। रमाइलो यात्राको मौका रहेकोछ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। काममा केही चुनौतीहरू देखिनेछन्।

वृश्चिक

सोचेको आटेको काममा सफलता मिल्नेछ। आम्दानीका स्रोतहरू फेला पर्नेछन्। साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ।

धनु

व्यापारबाट राम्रो लाभ मिल्ने योग छ। पढाइ लेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सफल गर्ने मौका छ।

मकर

पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसी रहनेछ। मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कुम्भ

धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन्। मनग्य धन कमाउने अवसर मिल्नेछ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेकोछ।

मीन

पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ।

प्रकाशित: १८ वैशाख २०८३ ५:४७ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast