वैदेशिक रोजगारीमा जाने युवाको संख्या ३.५२ प्रतिशतले घट्यो

हिमाल प्रेस ४ जेठ २०८३ १७:३५ | Monday, May 18, 2026
14
SHARES
वैदेशिक रोजगारीमा जाने युवाको संख्या ३.५२ प्रतिशतले घट्यो

काठमाडौँ- आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ३.५२ प्रतिशतले घटेको छ।

वैदेशिक रोजगार विभागका अनुसार समीक्षा अवधिमा कुल ६ लाख ६१ हजार सात सय सय ६९ श्रम स्वीकृति (नवीकरणसमेत) जारी गरिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ लाख ८५ हजार नौ सय २४ श्रम स्वीकृति जारी गरिएको थियो।

पश्चिम एसियामा मार्च १ मा तनाव बढेपछि सरकारले साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल गरी १२ देशमा श्रम स्वीकृति रोक्ने निर्णय गरेकाले यो गिरावट आएको बताइएको छ। उक्त प्रतिबन्ध अप्रिल २० सम्म कायम थियो।

वैशाखमा भने वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अन्य महिनामा भन्दा उच्च रह्यो। वैशाखमा ७४ हजार चार सय २९ जनाले श्रम स्वीकृति प्राप्त गरेको विभागको तथ्यांक छ। तीमध्ये ४१ हजार तीन सय २४ नयाँ स्वीकृति थिए भने ३३ हजार एक सय पाँचजनाले श्रम स्वीकृति नवीकरण गरेका थिए।

मलेसिया नेपाली श्रमिकका लागि सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ। वैशाखमा मलेसियाका लागि १७ हजार दुई सय ५२ श्रम स्वीकृति जारी गरिएको छ। त्यसपछि यूएईमा १७ हजार एक सय आठ र कतारमा १० हजार ६ सय ६७ नेपाली कामदार पुगेका छन्।

मासिक तथ्यांकअनुसार साउन ६८ हजार एक सय १०, भदौमा ६७ हजार नौ सय ७२, असोजमा ६४ हजारम ६ सय ३४, कात्तिकमा ७३ हजार ९४ नेपाली वैदेशिक रोजगारीमा गएका छन्। त्यसैगरी मंसिरमा ६५ हजार सात सय पाँच, पुसमा ६२ हजार पाँच सय ५९, माघमा ७० हजार पाँच सय तीन, फागुनमा ५२ हजार नौ सय ४४ र चैतमा ६१ हजार ८१९ जनाले वैदेशिक रोजगारीका लागि प्रस्थान गरेका छन्।

वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स देशको बाह्य क्षेत्र स्थिर बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।

प्रकाशित: ४ जेठ २०८३ १७:३५ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast