पाकिस्तानमा महँगीको असर गहरिँदै

हिमाल प्रेस १९ वैशाख २०८३ १६:३२ | Saturday, May 2, 2026
10
SHARES
पाकिस्तानमा महँगीको असर गहरिँदै

काठमाडौँ- पाकिस्तानमा पछिल्लो समय दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको मूल्यमा भएको अत्यधिक वृद्धिले नागरिकको जीवनयापन कष्टकर बन्दै गएको छ।

सरकारी तथ्यांकअनुसार अप्रिल महिनामा त्यहाँको मुद्रास्फीति दरमा निकै ठूलो वृद्धि देखिएको हो।

सार्वजनिक गरिएको प्रतिवेदनअनुसार पाकिस्तानमा वार्षिक मुद्रास्फीति दर १०.९ प्रतिशत पुगेको छ। यो तथ्यांक अघिल्लो महिना मार्चमा ७.३ प्रतिशत रहेको थियो।

त्यस्तै मासिक आधारमा हेर्दा अप्रिलमा मुद्रास्फीति २.५ प्रतिशतले बढेको छ, जुन मार्चमा १.२ प्रतिशतमात्र थियो। यसले मूल्य वृद्धिदरले छोटो समयमै तीव्र गति लिएको स्पष्ट पारेको छ।

महँगीको असर सहर र गाउँ दुवै क्षेत्रमा समान रुपमा परेको छ।

सहरी क्षेत्रमा वार्षिक मुद्रास्फीति ७.४ प्रतिशतबाट बढेर ११.१ प्रतिशत पुगेको छ। मासिक रुपमा यहाँ मूल्य वृद्धि २.७ प्रतिशत रहेको छ।

त्यस्तै ग्रामीण क्षेत्रमा वार्षिक मुद्रास्फीति ७.२ प्रतिशतबाट बढेर १०.६ प्रतिशतमा उक्लिएको छ। मासिक रुपमा ग्रामीण क्षेत्रमा २.१ प्रतिशतको वृद्धि देखिएको छ।

चालु आर्थिक वर्षको १० महिनाको औसत मुद्रास्फीति ६.१९ प्रतिशत कायम भएको छ। गत वर्षको सोही अवधिमा यो दर ४.७३ प्रतिशतमात्र थियो। तथ्यांकमा देखिएको यो वृद्धिले यस वर्ष समग्र रुपमा महँगीको पारो निकै माथि चढेको पुष्टि गर्छ।

विशेषहरूका अनुसार यो तीव्र मूल्य वृद्धिले सर्वसाधारणको क्रयशक्तिमा ह्रास ल्याएको छ भने घरपरिवारको मासिक बजेटमा चर्को दबाब सिर्जना गरेको छ।

प्रकाशित: १९ वैशाख २०८३ १६:३२ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast